नेपाली राजदूतावास, पेरिस



नेपाली राजदूतावास, पेरिसबाट प्रदानगरिने सेवा


 राजदूतावासबाट प्रदानगरिने सेवाहरु र सो को लागि आबश्यक पर्ने कागजात तथा शुल्क

 

  1. पर्यटक भिषा:

भिषा फारामको लागि यहां क्लिक गर्नु होला

   नेपाल भ्रमणमा जाने बिदेशीहरूलाइ एक भ्रमण वर्ष ( जनवरी १ देखि डिसेम्बर ३१ सम्म) मा १५० दिन सम्मको लागि पर्यटक भिषा जारी यस राजदूताबासबाट गर्न सकिनेछ ।

  • पर्यटक भिषाको लागि आवश्यक कागजात र दस्तुर
  • कम्तीमा ६ महिना अवधि म्याद रहेको राहदानी
  • हालसालै खिचिएको फोटो एक प्रति
  • राहदानी आवेदन फर्म र
  • देहाय बमोजिम राजस्व दस्तुर
  • १५ दिने पर्यटन भिषाको लागि युरो २५/-
  • ३० दिने पर्यटन भिषाको लागि युरो ४०/-
  • ९० दिने पर्यटन भिषाको लागि युरो १००/-
  • ट्राभल डकुमन्ट लिएका शरणार्थीहरूलाइ नेपाल प्रवेश भिषा सम्बन्धमा

   शरणार्थीको रूपमा ट्राभल डकुमन्ट प्राप्त गरेकालाइ नेपाल प्रवेश गर्ने भिषा गृह मन्त्रालयको सहमति प्राप्त भए पछि प्रदान गरिने छ । गृह मन्त्रालयको सहमतिको लागि देहायको बुदाँमा स्पष्ट जानकारी सहित गृह मन्त्रालयमा अनुरोध गर्नु पर्ने भएकोले भिषाको लागि सम्पर्क राख्न पूर्ब देहायका जानकारी तथा कागजातहरूको साथ यस राजदूताबासमा सम्पर्क राख्न जरूरी छ।

  1. ट्राभल डकुमन्ट पाउनु भन्दा अगाडिको  राष्ट्रियता के हो ?
  2. साविकमा नेपालमा तिव्वती शरणार्थीको रूपमा रहेको भए शरणार्थी परिचय पत्र नम्वर
  3. नातेदारलाइ भेट्न आउने हो भने नातेदारको नाम र ठेगाना एवं नातेदारको राष्ट्रियता
  4. नेपाली नागरिक नै अन्य देशमा शरणार्थीका रूपमा बसेको भए आउनु पर्ने कारण
  5. शरणार्थीका रूमा कहिले देखि बसोबास गर्दै आएको हो ( साल र महिना खुलाउने ।

 

  1. मेशिन रिडेबल राहदानी (MRP)

    मेशिन रिडेबल राहदानी (MRP)लागि फारामको लागि यहां क्लिक गर्नु होला


फ्रान्स, स्पेन, पोर्चुगल, ग्रीस र मोनाकोमा बिभिन्न व्यबसाय गरी बसोवास गरी बस्नु भएका नेपाली नागरिकहरुकोराहदानीको म्याद ६ महिनाभन्दा कम भएमा वा म्याद सकिएमा आबश्यक कागजातहरु तथातोकिएको शुल्क राजदुतावासमा बुझाएपछि नयां मेशिन रिडेबल राहदानी (MRP) को लागि सिफारिससाथ केन्द्रीय राहदानी कार्यालय, काठमाण्डौमा पठाइने र राहदानी प्राप्त भएपछि सम्बन्धितलाइ बुझाइनेछ । सो कोलागि निम्न कागजात आबश्यक पर्ने।

 

राहदानीका लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु

  • रितपूर्वक भरिएको दरखास्त फाराम २ प्रति ।
  • नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रतिप्रतिलिपि।
  • पुरानो राहदानी वा सोको प्रतिलिपि।
  • ६ महिनाभित्र खिचेको तल उल्लिखित विवरणअनुसारको रङ्गीन फोटो ३ प्रति।
  • मेशिन रिडेबल राहदानी (MRP)  दस्तूरवापत युरो १२० को Postal Draftवाराजदूताबासमा युरो १२० दस्तुर तिरेको रसिद।
  • नेपाली बाबुका विदेशमा जन्मेका छोरा छोरीलाइ पहिलो पटक राहदानी जारी गर्दा जन्म प्रमाणपत्र ( Birth Certificate) र बाबुको नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको प्रतिलिपि।

मेशिन रिडेबल राहदानी ( MRP ) का लागि निवेदकले पेश गर्नु पर्ने फोटो सम्बन्धी विवरण कार्यालयको वेवसाइटwww.cpo.gov.np  मा राखिएको छ । उक्त विवरणमा उल्लेखित मापदण्ड पुग्ने फोटो मात्र  MRP  का लगि गाह्य हुने हुँदा फोटोको मापदण्ड देहाय बमोजिम भएको जानकारी गराइन्छ ।

              राहदानी वा यात्रा अनुमतिपत्रको लागि संलग्न गर्नु पर्ने फोटोको विवरण

  • फोटोः ६ महिना भित्र खिचेको रंगिन
  • आकारः ४५ मि.मी. ह ३५ मि.मी. -४.५ से.मी. ह ३.५ से.मी.)
  • पृष्ठभू मिःसादा र हलुका रंग
  • अवस्थिति(Pose) : पूर्ण रुपमा अगाडि फर्केको, दुवै कानदेखिने, आंखाले क्यामेरा हेरेको, टाउको पूरा र काँधको केही भाग देखिने, छायां(Shadow) नदेखिने, रातो आंखा (Red eye) नभएको, साथमा अरु व्यक्ति नभएको, मुख बन्दभएको, चहकिलो रंगको लुगा नलगाएको
  • स्वरुप(Image) को स्थिति अनुहारले ७० देखि ८० प्रतिशतसम्मफोटो ढाकेको
  • गुणस्तर प्रष्ट(Sharp focused), उच्च गुणस्तरको, नखुम्चिएको, मसी वा दाग धब्बा नलागेको, स्तरीय कागजमा तथा उच्च Resolution मा छापिएको
  • चश्मा प्रयोग गर्नु पर्ने भएमा :आंखा प्रष्ट देखिने, मसिनोफ्रेम, प्रकाश परावर्तन (Reflection) नभएको तथा शिशा रंगीन नभएको
  • शिरपोशविशेष धार्मिक, सांस्कृतिक एवं स्वास्थ्य सम्वन्धी कारण वाहेक टाउकोखुला हुनुपर्ने

 

  1. राहदानी हराइ मेशिन रिडेबल राहदानी (MRP) जारी गर्ने सम्बन्धमा

   कुनै नेपाली नागरिकले राहदानी बिदेशमा हराइ मेशिन रिडेबल राहदानी (MRP)  लागि यस राजदूताबासमा निवदेन पर्न आएमा त्यस्तो हराएको राहदानीको नम्बर र जसको नाममा राहदानी जारी गरिएको हो सो विवरण खुलाइ हराएको राहदानी रद्द गरिएको सूचना केन्द्रिय राहदानी कार्यालय, काठमाण्डौमा र राहदानी हराएको देशको अध्यागमन (Immigration office)  कार्यालय तथा सो देशको परराष्ट्र मन्त्रालय वा राजदूताबासलाइ जानकारी दिएपछि मात्र नयाँ राहदानीको लागि सिफरिस गरिनेछ ।

 

राहदानी हराइ मेशिन रिडेबल राहदानी (MRP)  लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु

  • रितपूर्वक भरिएको दरखास्त फाराम २ प्रति ।
  • नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रतिप्रतिलिपि।
  • पुरानो राहदानीको प्रतिलिपि।
  • प्रहरी प्रतिवेदन । तर यसरी हराएको राहदानीको म्याद समाप्त भइसकेको भए निवेदकले प्रहरी प्रतिवेदन पेश गर्नुपर्नेछैन ।
  • ६ महिनाभित्र खिचेको माथि उल्लिखित विवरणअनुसारको रङ्गीन फोटो ४ प्रति।
  • मेशिन रिडेबल राहदानी (MRP)  दस्तूरवापत युरो २४० को Postal Draftवाराजदूताबासमा युरो २४० दस्तुर तिरेको रसिद।

 

 

  1. यात्रा अनुमतिपत्रः


फ्रान्स, स्पेन, पोर्चुगल, ग्रीस र मोनाकोमा रहेका कुनै नेपाली नागरिकको राहदानी हराएको वा नष्ट भएको रतुरुन्तै नेपाल फर्कन आबश्यक भएको कारण जनाई सम्बन्धित व्यक्तिले देहायका कागजात पेश गरी यसराजदुतावासमा निवेदन दिएमा नियम बमोजिम यात्रा अनुमति पत्र जारी गर्न सकिने छ ।

 

यात्रा अनुमतिपत्रको लागि निवेदन दिँदा पेश गर्नु पर्ने कागजपत्रहरु

  • रितपूर्वक भरिएको दरखास्त फाराम २ प्रति ।
  • नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सोको एक प्रतिप्रतिलिपि।
  • पुरानोको प्रतिलिपि।
  • ६ महिनाभित्र खिचेको माथि उल्लिखित विवरणअनुसारको रङ्गीन फोटो ३ प्रति।
  • यात्रा अनुमति पत्र वापत दस्तूर युरो ३५ को Postal Draftवाराजदूताबासमा युरो ३५ दस्तुर तिरेको रसिद।

 

  1. अधिकृत वारेसनामाः
    • अधिकृत वारेसनामादिने व्यक्तिद्वारा व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्ने।
    • आफैं राजदूतावासमा उपस्थित भई नियोग प्रमुखको रोहवरमा अधिकृत वारेसनामामा सहीछापगर्नु पर्ने।
    • कानून बमोजिम दुइप्रति लिखत -अधिकृत वारेसनामाआवश्यक पर्ने।
    • अधिकृत वारेसनामा दिने र लिने दुवैको नागरिकताको प्रमाण पत्रको प्रतिलपि।
    • अधिकृत वारेसनामा दिने र लिने दुवैको हालै खिचिएको २/२प्रति फोटो।
    • किनारा सांक्षीमा दुइ जनाको नाम, ठेगाना तथा सही।
    • अधिकृत वारिसनामा प्रमाणितवापत लाग्ने शुल्क २० युरो।

 

  1. कागजात प्रमाणीकरणः

                 नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरणगरिएको कागजातहरु सम्बन्धितलाई आबश्यक परेमा यस राजदूतावासबाट प्रमाणीकरण गरिने छ ।सो को लागि निम्नानुसार कागजात आबश्यक पर्ने।

  • कुन कुनकागजातप्रमाणीकरणगर्ने हो सो उल्लेख गरिएको निवेदन
  • प्रमाणीकरणगर्नु पर्ने परराष्ट्रमन्त्रालयबाट प्रमाणित हरेक कागजातको सक्कल तथा प्रतिलिपि।
  • कागज प्रमाणितबापत लाग्ने शुल्कः प्रतिकागजात २० युरो
  • नागरिकता परित्यागः

नागरिकता परित्यागको लागि भर्नु पर्ने फाराम को लागि यहां क्लिक गर्नु होला

                 नेपाली नागरिकतापरित्याग गर्न चाहने नेपाली नागरिकले आबश्यकनिवेदन फाराम भरीराजदुतावासमा पेश गर्नु पर्ने । प्राप्त निवेदनमा राजदूतावासले आबश्यक कारवाही गरी प्रकृया पुरा भएपछि सम्बन्धितलाइ जानकारी उपलव्ध गराउने छ।

गैह्र आवासीय नेपालीहरूको परिचय पत्र सम्बन्धमा

  1. बिदेशमा बस्ने नेपाली नागरिकहरूका रूपमा नाम दर्ता गर्दा पेश गर्न पर्ने वश्यक कागजातहरू (गैर आवासीय नेपालीको हैसियतमा नाम दर्ता गराउन दिएको निवेदन - नेपाली मूलको विदेशी नागरिकको प्रयोजनको लागि) निदेवनको नमुनाको लागि यहां क्लिक गर्नु होला ।
    • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
    • नेपाली राहदानीको प्रतिलिपि,
    • विदेशमा कुनै व्यवसाय गरी वसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागजात,
    • विदेशमा पेशा वा रोजगारी गरी वसेको भए सो पुष्टी गर्ने कागजात,
    • कुनै अन्तर्राष्ट्रिय संघ संस्थामा कार्यरत रहेको भए सो संस्थाको नियुक्तिपत्र तथा हाल कार्यरत रहेको भन्ने व्यहोरा खुल्ने कागजात,
    • हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति
    • गैह्र आवासीय नेपालीका रूपमा नाम दर्ता गर्न निवेदन दिदा लाग्ने दस्तुर युरो १६
  2. नेपाली मूलको विदेशी नागरिकको रूपमा नाम दर्ता गर्दा पेश गर्न पर्ने आवश्यक कागजातहरू र दस्तुर (गैर आवासीय नेपालीको हैसियतमा नाम दर्ता गराउन दिएको निवेदन बिदेशमा बस्ने नेपाली नागरिकहरूको प्रयोजनको लागि) निदेवनको नमुनाको लागि यहां क्लिक गर्नु होला ।
    • बसोवास गरिरहेको मुलुकको नागरिकता खुल्ने कागजात,
    • नेपालको नागरिकता परित्याग गरेको भए सो नागरिकता परित्याग गरेको प्रमाण,
    • बाबु/आमा/बाजे/बज्यैको नागरिकताको प्रमाणपत्र नं. जिल्ला वा निज नेपालको नागरिक भएको व्यहोरा खुल्ने कागजात,
    • नेपाल भन्दा बाहिर कुनै देशमा कुनै पेशा वा व्यवसाय गरी वसेको भए सो व्यवसाय दर्ता सम्बन्धी कागाजत,
    • नेपालभन्दा बाहिर कुनै देशमा रोजगारी गरी बसेको भए सो पुष्टी गर्ने कागजात,
    • हालसालै खिचिएको पासपोर्ट साइजको दुइ प्रति फोटो र
    • गैह्र आवासीय नेपालीका रूपमा नाम दर्ता निवेदन दिदा लाग्ने दस्तुर युर १६

 

 

नोट:१) गैह्र आवासीय नेपाली सम्बन्धी ऐन, २०६४ र नियमावली, २०६६, नाम दर्ताको लागि पेश गर्ने निवेदनको नमूना परराष्ट्र मन्त्रालयको wesite http://www.mofa.gov.np/nrn/वाट download गर्न सकिने ।

२) राहदानी वा अन्य कागजात वापतको शुल्क पठाउदा Postal Draft को लागि नजिककोहुलाक वा अन्य द्रूत डेलिभरी सेवामा सम्पर्क गर्ने । Postal Draft बापतको रसिदको प्रतिलिपि सहित माथि उल्लेखित कागजात संलग्न गरी हुलाक वा अन्य द्रुत डेलिभरी सेवा मार्फत यस राजदूताबासमा पठाउनु पर्ने । राहदानी तथा कागजात सम्बन्धित ठेगानामा पुन पठाउनु पर्ने भएमा सो सेवाको लागि आवश्यक कागजात वा सेवा रकम समेत Postal Draftमा समाबेश गर्नु पर्ने।

३)  हुलाक मार्फत चेक तथा नगद नपठाउने ।


Download file for more information:: नेपाली राजदूतावास, पेरिसबाट प्रदान गरिने सेवा.doc



News and Events

  • February 13, 2012 - News

    Information on the Essay Competition for the Students of Lycees in Paris

    Information on the Essay Competition for the Students of Lycees in Paris
  • January 13, 2012 - News

    Nepal International Trade Fair 2012

    Nepal International Trade Fair 2012 The Embassy of Nepal in Paris requests all interested international businessmen to participate in the Nepal International Trade Fair (NITF 2012) to be held in Kathmandu, Nepal on 5-9 April 2012, to be organized by the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) in collaboration with the Ministry of Commerce & Supplies, Government of Nepal. The Conference aims to give a global platform to the Nepalese SMEs and create new opportunities for them.
  • November 18, 2011 - Events

    Nepal Promotion Evening

    Nepal Promotion Evening Nepal Promotion Evening organised in UNESCO on 18 November 2011

Featured Video

Photo Gallery

Nepal Nepal
Honor program for Mr. Maurice Herzog Honor program for Mr. Maurice Herzog
Honor Program for Mr. Pierre Mazeaud Honor Program for Mr. Pierre Mazeaud
Dashain 2011 Dashain 2011
Buddha Jayanti Celebration Buddha Jayanti Celebration